चारआली ।
झापाको मेचिनगर–१४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । आज (बुधबार) एक संक्षिप्त कार्यक्रमकाबिच मेचिनगर १४ मा रहेको आपसी समाज बचत तथा ऋण सहकारीले विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।
सहकारीका अध्यक्ष सरद शिवाकोटी, उपाध्यक्ष शान्ता राउत लगायतले विद्यालयका प्रधानध्यापक सिताराम थापा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानालाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न सामुदायका बालबालिका अध्ययनरत विद्यालयलाई सहयोग गर्न पाउंदा आफुहरु खुसी भएको सहकारीका अध्यक्ष थापाको भनाई थियो ।
६० जना विद्यार्थीलाई सहकारीले हाउस ड्रेस वितरण गरेको हो । विपन्न विद्यार्थी अध्ययनरत विद्यालयमा सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाले संस्थालाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा सहकारी संस्थाका सचिव यमुना रिजाल, कोषाध्यक्ष भुपेन्द्र पौडेल, सदस्य फुलमाया पोखरेल, कमला मिश्र, नरमाया कडरिया, कर्मचारी सृजना घिमिरे सुवेदी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका सहकारीका अध्यक्ष तथा प्रमुख अतिथि शिवाकोटी, मेचिनगर १४ की वडा सदस्य फुलकुमारी राजवंशि, पूर्व वडाध्यक्ष शंकरप्रसाद पोखरेल लगायतले मनतब्य राखेका थिए । २०२४ सालमा स्थापना भएको विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् ।