चारपाने ।
झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित बेलडाँगीमा सञ्चालित नरबहादुर कर्माचार्य प्रतिष्ठान बहुप्राविधिक शिक्षालयमा बिद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ । पछिल्लो समय ज्ञान मुलक शिक्षाले मात्र बिद्यार्थीको विकास नहुने भएकाले ‘सिपमुलक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापना भएको शिक्षालयमा बिद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
सीटिइभिटीसँगको सँगको साझेदारीमा स्थापित बहुप्राविधिक शिक्षालय आर्थिक बर्ष २०८१/०८२ का लागि बिभिन्न बिषयमा भर्ना खुल्ला गरिएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए । उक्त शिक्षालयमा तीन बर्षे बाली विज्ञान, पशु विज्ञान, बन बिज्ञानसहित तीन बर्षे होटल म्यानेजमेन्टको डिप्लोमाका लागि भर्ना खुलेको अध्यक्ष दर्लामीले बताए ।
शिक्षालयमा अनुभवी, विषयविज्ञ प्रशिक्षकद्वारा कक्षा सञ्चालन साथै मल्टिमिडिया तथा प्रजेक्टसहित सुबिधा सम्पन्न कक्षा कोठाबाट अध्यापन गराइने शिक्षालयका प्राचार्य प्रेमबहादुर सुब्बा ‘देशुसर’ ले जानकारी दिएका छन् । उनका अनुसार अंग्रेजी र नेपाली दुवै माध्ययममा कक्षा सञ्चालन हुने, प्रयोगात्मक अभ्यासमा प्रोत्साहन गरिनेछ । जसका लागि विषयगत विज्ञान प्रयोगशाला पनि रहेको छ ।
शिक्षालयमा बाली विज्ञानका लागि पर्याप्त कृषि फिल्ड तथा कृषि ल्यावको, पशु विज्ञानका लागि पर्याप्त पशुपंक्षि, माछा, डेरी र भेटेरिनरी ल्याव, वन विज्ञानका लागि पर्याप्त निजी वनजङ्गल तथा ल्यावे, होटल म्यानेजमेन्टका लागि होटल, रेष्टुरेन्ट, क्याफे तथा प्रयोगात्मक स्थल रहेको प्राचार्य बनेमले बताए ।
त्यस्तै शिक्षालयमा विषयगत रुपमा भौतिकशास्त्र, रसायन शास्त्र, वनस्पतिशास्त्र, जीव विज्ञान, होटल ल्यावको व्यवस्था रहेको प्राचार्य बनेमले जानकारी दिए ।
शिक्षालयमा व्यवस्थित कम्प्युटर ल्यावको व्यवस्था, कक्षा कोठाका लागि पर्याप्त भौतिक पूर्वाधारे, विपन्न तथा जेहेन्दारतर्फ विशेष छात्रवृत्तिको कोटा, बिर्तामोडको मध्य भागमा सुन्दर शान्त शैक्षिक वातावरण भएको, छात्र छात्राहरुका लागि व्यवस्थित छात्रवासको व्यवस्था, आफ्नै भवनभित्र स्वच्छ पिउने पानी तथा चमेनागृह, अनुशासन मर्यादालाई गम्भीर रुपमा पालना गर्दै गराउँदै असल संस्कारको विकास, विभिन्न खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापका लागि व्यवस्थित स्थानलगायतका बिशेषताहरु रहेका छन् । शिक्षालयमा नेपाल सरकार अन्तरगत लोकसेवामा पाँचौ तहको मान्यता प्राप्त हुने बताइएको छ ।