बिर्तामोड ।
तमसोमा ज्योर्तिगमयः हाम्रा वैदिक ग्रन्थहरूमा ज्ञानको उपादेयताको समग्र व्याख्या यसरी गरिएको छ । विद्या धनम् सर्वधनम् प्रधानम् अर्थात, भौतिक उपलब्धिहरुमध्ये सर्वश्रेष्ठ धन विद्यालाई मानिएको छ । परापूर्व समयदेखि विद्या आर्जनलाई जीवनको प्रमुख क्रियाकलापमा उल्लेख गरिएको छ । र आज पनि वैदिक कृत्रिम बौद्धिकता (Artificial Intlleigence, AI) को युगमा पनि अझ परिष्कृत शिक्षाको खोज जारी नै छ ।
नेपालको सन्दर्भमा वैदिक र धार्मिक शिक्षा परापूर्वदेखि विस्तार भएको भए पनि राणाकालमा राजनीतिक कारणाले शिक्षाको विस्तार हुन सकेन । जतिबेला विश्व औद्योगिक क्रान्ति (Industrial Revolution) गर्दै थियो । त्यसपछिको कालखण्डमा सुस्तरी अघि बढेको शिक्षाको विकासको गति कम्प्युटरको उपस्थितिपछि ह्वात्तै बढ्न गयो । विभिन्न नयाँ विधामा अध्ययन अध्यापन हुन थाल्यो । अझ इन्टरनेटको प्रवेशपश्चात जिवनोपयोगी शिक्षाको विकास विश्वभर भयो । नेपाल पनि त्यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिन्छ ।
- नेपालमा इन्जिनियरिङ शिक्षा
त्रिविवि, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसबाट अध्यापन सुरु भएको नेपालमा हाल सातवटा विश्वविद्यालयमार्फत इन्जिनियरिङ पढाई हुन्छ । धेरैवटा विषयमा पढाई सुरु भए पनि हाल नेपालमा अत्यधिक रुचाइएका इन्जिनियरिङ विषयहरुमा सिभिल, आर्किटेक्चर, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ छन् । कोशी प्रदेशमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा यी सबै विषय विभिन्न क्याम्पसहरुमा पढाई भइरहेका छन् ।
- पूर्वाञ्चल विश्वविद्यालय
मोरङमा रहेको यस विश्वविद्यालयमा इन्जिनियरिङ संकायद्वारा आफ्नै एक आंगिक क्याम्पसबाहेक नेपालभरिमा १७ वटा इन्जिनियरिङ क्याम्पस सम्बन्धनप्राप्त क्याम्पसका रुपमा स्नातक तह (Bachelors in Engineering) सञ्चालन भइरहेका छन् । हाल आएर पूर्वाञ्चल विश्वविद्यालयले केही नयाँ र समसापेक्ष निर्णय गरेको हुनाले यसको गरिमा बढिरहेको छ ।
उक्त निर्णयहरुमा १० नयाँ र परिष्कृत पाठ्यक्रम निर्माण गरी लागु गर्ने २० विद्यार्थीको निरन्तर मूल्यांकन ३० इन्टर्नसिपको व्यवस्था ४० समयमै कोर्स समापन र व्यवस्थित परीक्षा नतिजा प्रकाशन आदि छन् ।
- बिर्तामोडमा इन्जिनियरिङ शिक्षा
पूर्वी प्रदेशकै मुख्य बसोबास र व्यापारिक केन्द्र बिर्तामोडमा शैक्षिक अवस्था दिनदिनै अझ विकसित भइरहेको देखिन्छ । स्कुल तहको शिक्षा पहिलेदेखि नै निकै विकास भएको छ भने प्राविधिक शिक्षातर्फ मध्यम तहका सिटिइभिटीका कार्यक्रमहरु केही वर्षयता सनतोषजनक रूपले अघि बढिरहेका छन् ।
उच्चा शिक्षामा इन्जिनियरिङ (Bachelors in Engineering) मेडिकलतर्फ एमबिबिएस पढाइ हुने स्तरीय कलेजको खाँचो रहेको थियो । हालसालै बिएन्डसी टिचिङ हस्पिटलले एमबिबिएस सञ्चालनको स्वीकृति पाएको हुनाले अब चाँडै नै उक्त शिक्षा बिर्तामोडमै उपलब्ध हुनेछ ।
इन्जिनियरिङतर्फ बिई तहको भने दई वर्षदेखि पाथिभरा इन्जिनियरिङ कलेजले सञ्चालन गरिरहेको छ । इन्जिनियरिङ विषयहरुमा दुई लोकप्रिय कार्यक्रम सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
१०ं२ पास गरेको तथा कक्षा ९–१२ प्राविधिक धार पास गरेका तथा सिटिइभिटीको डिप्लोमा (ओभरसियर) पास गरेका विद्यार्थीले भर्ना भई उक्त विषयमा अध्ययन गर्न सक्नेछन् । एसीसहितको कक्षाकोठा, नयाँ आधुनिक प्रयोगशाला, ठुलो खेलमैदान र विज्ञ प्रोफेसरहरुसहित ठुलो लगानीमा सञ्चालित पाथिभरा इन्जिनियरिङ कलेज (www.pcas.edu.np) समग्र बितामोडकै शौक्षिक रुपमा गर्व गर्न सकिने संस्थाका रुपमा सञ्चालित छ ।
अन्त्यमा, कक्षा १२ पछि नेपालमा नै स्नातक तह अध्ययन गरेर मात्र मास्टर्स तहमा विदेश पढाउनु उचित भएको तथ्य धेरै अभिभावक र विद्यार्थीले बुझ्दै गएको सन्दर्भमा बिर्तामोडमै उच्च शिक्षाको अवस्था अझै विस्तार हुँदै जाने कुरामा आशा गर्न सकिन्छ ।
फाइल तस्वीर