विर्तामोड ।
महिला संघ स्थापना दिवसको अवसर पारेर आज देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । झापाका १५ वटै पालिकामा शुभकामना आदान–प्रदान, अन्तरक्रिया, बृक्षरोपण, फलफुल वितरण लगायतका विविध कार्यक्रम सम्पन्न भएका हुन् ।
संघको स्थापना दिवसको अवसर पारेर नेपाल महिला संघ कनकाई नगर समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेश सांसद लख्खी गणेशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सिता थेवे र धनमाया चिमरिया, नेपाली कांग्रेस झापाका सदस्यहरु शिव कडेल र सूर्य गुरुङ, कनकाई–८ का वडाअध्यक्ष लीला कटुवाल, नेपाल महिला संघ झापा सचिव बर्षा श्रेष्ठ, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई लगायतले आ–आफ्नो धारणा रोका थिए ।
भवानी तिम्सिना सिटौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा रेणुप्रसाद कडेलले महिला संघ स्थापनाको इतिहासका विषयमा प्रष्ट्याएका थिए । नेपाल महिला संघ कनकाई नगर समितिका कार्यबाहक अध्यक्ष सिता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कविता श्रेष्ठ र सञ्चालन गिता खरेलले गरेकी थिइन ।
अर्जुनधारा र बिर्तामोडमा शुभकामना आदान–प्रदान, मेचीनगरमा अन्तरक्रिया कार्यक्रम, भद्रपुर नगर समितिले मेची प्रादेशिक अस्पतालका विरामी एवं सेवाग्राहीलाई फलफुल र पानी वितरण, गौरादहस्थित वि।पी। स्मृति भवन आसपासमा विभिन्न जातका दुईदर्जन रोपण, दमक नगर अन्तर्गत २ नम्बर वडा समितिले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी कमल र कचनकबल गाउँपालिकामा पनि शुभकामना आदान–प्रदान, दमक–८ मा समुदायमा कांग्रेस कार्यक्रम, दमकमा नगरपालिका वडा नं–८ मा छाता वितरणलगायतका कार्यक्रम भएको जनाइएको छ ।