अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा जगतबहादुर मगर चयन भएका छन् ।
बिद्यालय ब्यवस्थापन समिति उप–छनौट सहयोग संयोजक प्रधानाध्यापक रन्जित परियारको संयोजकत्वमा अभिभावकहरुको भेलाले ९ जनाको समिति सर्वसम्मत चयन गरेको छ ।
जसमा अध्यक्ष जगतबहादुर मगर, अभिभावक तर्फबाट नरबहादुर बिक, धनमाया राइ, कल्पना दर्जी, जनप्रतिनिधि सुशिला गिरी, शिक्षाप्रेमी चन्दादाताबाट बमबहादुर गुरुङ्ग र अभिचन्द्र बास्कोटा, शिक्षक प्रतिनिधि अनुजा क्षेत्री र सदस्य सचिव प्रधानाध्यापक रन्जित परियार सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरि बिद्यालय शिक्षक तथा अभिभावक संघमा अध्यक्ष दुर्योधन राई र अभिभावकहरुबाट सदस्य डिल्ली बहादुर श्रेष्ठ, चिनिमाया सार्की, शान्ता गुरुङ्ग, धिरज मण्डल, असोक गुरुङ्ग, बुद्धिलाल मुर्मु, सुमि उराँव, गिता बिक, गङ्गा पोख्रेल शिक्षक प्रतिनिधि गिता उप्रेती चयन भएका छन् ।
कार्यक्रममा छात्रवृत्तिबाट प्राप्त रकममा बिद्यालयले केही रकम थप गरि बिद्यालय हाउस ड्रेस विद्यार्थीहरुलाइ प्रमुख अतिथि सुसिला गिरि मार्फत बितरण गरिएको थियो ।
कार्यक्रममा नव समितिमा चयन भएका नरबहादुर बिक, बमबहादुर गुरुङ्ग, शिअस अध्यक्ष दुर्योधन राई, बिब्यस अध्यक्ष जगतबहादु मगर शिक्षक प्रतिनिधि सदस्य अनुजा क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संयोजक प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।