लक्ष्मीपुर ।
नेपाल जनमुक्ति पार्टीले यस बर्ष साउन २२ गते बन्दको साटो झापाको कनकाई नगरपालिकामा अन्र्तक्रिया गर्ने भएको छ । पार्टीले भोलि (मंगलबार) सुरुङ्गास्थित कनकाई सामुदायिक बनको हलमा अन्र्तक्रिया गर्न लागेको पार्टीका सचिव एलबी पालुङ्वाले जानकारी दिए ।
पार्टीले ‘लिम्बुवान स्वायत्तताको आन्दोलन र बि.स. १८३१ को तत्कालीन गोरखा राज्य र लिम्बुवान वीच भएको नुनपानि सन्धि’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव पालुङ्वाले बताएका छन् ।
लिम्बुवान स्वायत्तता प्राप्तिको लागि विगत २०६६ सालदेखि नियमित रुपमा श्रावण २२ गतेका दिन लिम्बुवान बन्दको कार्यक्रम गर्दै आएको थियो । तर, यसवर्ष भने ‘लिम्बुवान स्वायत्तताको आन्दोलन र बि.स. १८३१ को तत्कालीन गोरखा राज्य र लिम्बुवान वीच भएको नुनपानि सन्धि’ विषयक अन्तरकृया कार्यक्रम गर्न लागेको बताइएको छ ।
पहिचानबादी मुद्दा उठाउँदै आएका तीन वटा पार्टी एकीकरणपछि भने यस बर्ष बन्द नगरेर अन्तरक्रिया कार्यक्रम गरिएको सचिव पालुङ्वाले बताएका छन् । अन्तरक्रिया कार्यक्रममा सहभागीताका लागि सवै पहिचानबादीसहित सवैमा आग्रहसमेत गरिएको छ ।