झापा ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) कचनकवलको अधिवेशनले अध्यक्षमा विकास शर्मा सर्वसम्मत भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कौसल दङ्गाल, र टिकामाया कार्की चयन भएका छन् । सचिवमा विनोद पोख्रेल र सहसचिवमा सकिला लिम्बु र कोषाध्यक्षमा सलेली राजवंशी चयन भएका छन्।
त्यसैगरी सदस्यमा कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुंगेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन भएका छन्।
राप्रविस कचनकवलका उपाध्यक्ष सुरज शाहको सभापतित्वमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य निमसरी राजवंशी, राप्रपा केन्द्रिय सदस्य अन्जरा आलम, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष कमल बम, जिल्ला संयोजक चक्र फुयाल, राप्रपा जिल्ला सदस्य सत्यनारायण यादव, राप्रपा कचनकवल गाउँपालिका अध्यक्ष लक्ष्मीनारायण यादव, राप्रपा पालिका समिति तथा पूर्व अध्यक्ष रविचन्द्र ओझा लगायतको आतिथ्य रहेको थियो।
त्यसैगरी ७ वटै वडाका कार्य समिति अध्यक्षहरू, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका सदस्य महेन्द्र शर्मा, नेपाल शिक्षा परिषदका अध्यक्ष फाल्गुनी राजवंशी, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष धनबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कचनकवलको आयोजना रहेको कार्यक्रम सञ्चालन मुन्ना आलमले गरेका थिए।