बिर्तामोड ।
झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजनामा नव आगन्तुक विद्यार्थी र तीनका अभिभावकलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।
आज (सोमबार) बिर्तामोडमा कक्षा ११ का होटल म्यानेजमेन्ट र बिजनेसका एकसय जना विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजको नियम तथा कलेजमा हुने विभिन्न क्रियाकलापका बारेमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमूखिकरण कार्यक्रममा कलेजले गर्दै आएको लागूऔषध विरुद्धको अभियान जनचेतना कार्यक्रम ‘असत्य मार्ग’ प्रस्तुत गरिएको थियो । कलेजका सस्थापक तथा डाइरेक्टर सन्जोग खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष खरेलले नै कलेजको विभिन्न कार्यक्रम बारे बताएका थिए ।
कार्यक्रममा नीति तथा नियमनका बारेमा कलेजका विद्यार्थीलाई ब्यवस्थापन प्रमुख यज्ञराज कडरियाले जानकारी गराएका थिए । स्वागत कलेजका तालिम बिभाग प्रमुख दीपक दासले गरेको कार्यक्रममा लागूऔषध वारेको सचेतनामा रि– बिर्थ सेन्टरका सञ्चालक राजु गिरीले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी युना भटराई र सन्ध्या गरुङले गरेका थिए ।