चारपाने । 

उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । वीरता रिडर्स र नेपाली लेखक संघ झापाको संयुक्त आयोजनामा आज (शनिवार) बिर्तामोड–२ स्थित चारपानेमा उपन्यासका बारेमा परिचर्चा गरिएको थियो । 

 

कार्यक्रममा वीरता रिडर्सका संयोजक  लेखक तीर्थ सिग्देलले सञ्चालन गरेको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टा कि लेखक क्रान्ति पराजुली,  प्राज्ञ मुनाराज शेर्मा,  कथाकार भुवन सुब्बा र समिक्षक लेखनाथ भट्टराईले पुस्तकमाथि चर्चा गरेका थिए । 


 लेखक क्रान्ति पराजुलीका ९३ बर्षिय हजुरबुबा डिल्लिराम पराजुलीको अध्यक्षता भएको कार्यक्रम अग्रज साहित्यकार पुन्य खरेलको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै बिशेष अतिथिमा शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख नरमाया कार्की रहेकी थिइन् ।  


आयोजक संस्था नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा लेखक पराजुलीको दोश्रो पुस्तकमाथि बिसद चर्चा गरिएको थियो ।