झापा । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवस मनाइएको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालयसहित देशभर संस्थापक नरबहादुर कमाचार्यको स्मृति दिवस बिबिध कार्यक्रम गरेर मनाइको हो ।


 आज (बुधवार) झापासहित देशभर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको स्मृति दिवस मनाइएको छ ।  झापामा पनि नरबहादुर कमाचार्य प्रतिष्ठानले बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानमा स्मृति दिवस मनाएको छ । 


नेकपा (माओवादी केन्द्र) र नरबहादुर कर्माचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा पार्टीको केन्द्रिय कार्यालय पेरिस डाँडा कोटेश्वरमा भएको स्मृति दिवसका अवसरमा नरबहादुर कर्माचार्य प्रतिष्ठान त्रैमासिक बैचारिक जर्नल अनुशीलन THE PRAXIS को लोकार्पण गरिएको छ । 


निवर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले उक्त पुस्तकको लोकार्पण गरेका थिए । झापामा पनि नरबहादुर कर्माचार्य प्रतिष्ठानले बिर्तामोडमा ११ औं स्मृति दिवस मनाएको छ । प्रतिष्ठानले स्थापना कालदेखि नै प्रत्येक बर्ष नरबहादुरको स्मृति दिवस बिबिध कार्यक्रम गरेर मनाउँदै आएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह  दर्लामीले जानकारी दिए ।