झापा । 

महामानव विश्वेश्वरप्रसाद कोइरालाको आज ४२ औं स्मृति दिवसमा झापाका १५ पालिकाका १३१ वटै वडामा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । 

 प्रजातान्त्रिक समाजवादी दर्शनका प्रतिपादक विपीको स्मरणमा देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।  

नेपालमा प्रजातन्त्र स्थापनाका लागि महामानव विपी कोइरालाले आफ्नो जीवनकालमा गरेको योगदान, त्याग, बलीदानीपूर्ण संघर्ष, विपीको ब्यक्तित्व एवं विपीले गरेको साहित्यिक योगदानबारे चर्चा र उनले प्रतिपादन गरेको समाजवादी चिन्तनका बारे ब्याख्या, विश्लेषण, विचार गोष्ठी, रक्तदान बृक्षरोपण, प्रजातन्त्रवादी योद्धाको सम्मान आदि कार्यक्रम गरी ४२ औं विपी स्मृति दिवस मनाइएको हो ।

गोष्ठी, रक्तदान, बुक्षरोपनलगायतका कार्यक्रम गरेको स्मृति दिवस मनाईको छ ।