लक्ष्मीपुर । 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्धारा सञ्चालित नरबहादुर कमाचार्य प्राबिधिक कलेजमा उत्पन्न समस्या समाधान गर्न दुवै पक्षबिच सहमति भएको छ । 

सवै कर्मचारी, प्रशिक्षकले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको आचारसंहिता भित्र रहि नियमित रुपमा शिक्षण सिकाई क्रियाकलाप गर्ने लगायतका ६ बुँदे सहमति भएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए । 

झापाको बिर्तामोड–२ स्थित बेलडाँगीमा सञ्चालित प्रतिष्ठानको सञ्चालक समिति र शिक्षक कर्मचारी बिच आज (आइतवार) ६ बुँदे सहमति भएको हो । सीटीइभिटीबाट मान्यता प्राप्त उक्त प्राबिधिक शिक्षालयमा बाली विज्ञान, पशु विज्ञान र वन विज्ञानलगातयतका बिषयमा  पठनपाठन  भइरहेको छ । 

गत जेठ ८ र २७ गते भएको सम्झौता बिना सर्त कार्यन्वयन गर्ने, शिक्षक र कर्मचारीहरुको सहमति अनुसार पाउनु पर्ने भुक्तानी रकम आगामी साउन १६ गतेसम्म दिने, प्रत्येक महिना स्वाचालित ढंगबाट पूर्वगत सहमति अनुसार प्रशिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक दिने, प्रयोगात्मक कक्षा ब्यवस्थापनका लागि आवश्यक पहलकदमी लिएर प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र बिद्यार्थीहरुको धरौटी सम्बन्धमा हिसाव हेरेर क्रमश भुक्तानी गरिने सहमति भएको छ । 

प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामी, सह–सचिव शिवराज भण्डारी र प्रशिक्षक÷ कर्मचारीका तर्फबाट नबिन किशोर बिमली र सुधिरकुमार दासलगायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

कलेजमा तत्कालिन देखिएको समस्या कोरोना महामारीपछि देखिएको आर्थिक संकट, बिद्यार्थीको संख्या न्यून, पालिकाबाट समयमै रकम प्राप्त नहुने साथै प्राप्त पनि कटौती भएर हुनु सिटीइभिटीबाट आउँदै गरेको सहयोग कटौती हुनु मुख्य कारण भएको अध्यक्ष दर्लामीले बताए । 

‘आन्दोलनको क्रममा सञ्चालक र बिद्यार्थीलाई साथै सामाजिक रुपमासमेत असर पुगेको छ’ अध्यक्ष दर्लामी भने ‘यसले प्रतिष्ठान सञ्चालकमा गहिरो चोट पुगेको छ ।’ अध्यक्ष दर्लामीका अनुसार सहमतिले आगामी दिनमा प्रतिष्ठानका सञ्चालक र प्रशिक्षक, कर्मचारी र बिद्यार्थीहरुबिच एकताबद्ध र सशक्त हुन सवै बाध्य हुनेछ । 

अध्यक्ष दर्लामीले आगामी दिनमा प्रतिष्ठिानको आचारसंहिता कसैले उल्लङ्घा नगर्ने सवैले पालना गर्ने  सहमति भएको बताए । उनले प्रतिष्ठानका सल्लाहकार, सञ्चालक, शिक्षक तथा प्रशिक्षक, कर्मचारी, बिद्यार्थी साथै सरोकारवाला सवैसहित मिडियाकर्मीलाई पनि यर्थात कुरा बुझेर मात्र समाचार सम्प्रेण गरिदिन आग्रह समेत गरेका छन् ।  

केहीदिन यता तलब नपाएको भन्दै कलेजका शिक्षक र कर्मचारी आन्दोलित भएका थिए ।