विराटनगर । 

विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा  दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले  उद्योगहरुसँग आग्रह गरेको छ ।  मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग  छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरु भरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा जान बाध्य हुनु परिरहेकोले  उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगहरुसँग  आग्रह गरेको हो ।

मनमोहन प्राविधिक विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले व्यवहारिक रुपमा स्वदेशका उद्योगहरुका लागि सुहाउँदो जनशक्त्ति उत्पादन गरिरहेकोले उद्योगहरुले रोजगारमा प्राथमिकता दिनु आग्रह गरे  । उनले प्राविधिक  विश्विद्यालयबाट उत्पादित जनशक्त्ति स्वदेशका लागि मात्र नएर विदेशका लागि पनि दक्ष हुनेगरेकोले   स्वदेशमै रोजगार पाए अझै धेरै गुणस्तरिय जनशक्त्ति उत्पादन गर्न  उत्प्रेरणा हुने बताए । उ

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वबिद्यालयका कुलपति  हिक्मत कार्कीले सरकारले स्थापना गरेको  देशको पहिलो प्राविधिक विश्वविद्यालले हरेक बर्ष अनुसन्धानमा मात्र नभएर व्यावारिक रुपमा पनि  दक्ष  जनशक्त्ति उत्पादन गर्ने गरेकोले उनीहरुले स्वदेशमै भरपर्दो रोजगार पाए देशको विकासमा सहयोग पुग्ने बताए । 

उनले दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गराउन विश्वविद्यालय  र रोजगार सृजना गर्ने उद्योगहरुलाई प्राथकिता दिएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए  । मुख्यमन्त्री कार्कीले नेपालमा उत्पादन भएका दक्ष जनशक्त्तिलाई बेवास्ता गरेर भारतीयहरु मात्र दक्ष र भरपर्दा हुन्छन भन्ने सोचबाट उद्योगीहरु मुक्त्त हुनुपर्छ भन्दै स्वदेशी जनशक्त्ति रोजगार भएमात्र प्राबिधिक शिक्षाकोे लगानी सार्थक हुने बताए । 

कोशी प्रदेशका समाजिक विकास मन्त्री  तथा मनमोहन प्राविधिक विश्विद्यालयका सहकुलपति पाँचकर्ण राई, पुर्व समाजिक विकास मन्त्री तथा मनमोहन विश्वविद्यालयका संरक्षक जिवन घिमिरे, विश्विद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप ढुंगाना, उद्योग संगठन मोरडका अध्यक्ष राकेश सुराना, दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदार, अरिहन्त फाईबर्षका व्यावस्थापक नारायणप्रसाद लामिछाने, रिलायन्स ईण्डिसट्रिजका व्यवस्थापक आषिस काफले, कृष्णग्रिलका सञ्चालक  लवमणी राजभण्डारीले आ–आफ्नो भनाई राखेका थिए । 

कोशी प्रदेशका भौतिक बस्तु उत्पादन गर्ने उद्योगहरुमा मात्र नभएर अस्पताल, होटल र अन्य उद्यमहरुमा अझै दक्ष प्राविधिक जनशक्त्तिको अभाव छ । उद्योगहरु अझै भारतीय प्राविधिकहरुकै भरपर्ने गरेका छन् ।

कोशी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगामा रहेको देशको पहिलो मनमोहन  प्राविधिक विश्वविद्यालयले  स्नातक र डिप्लोमा तर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिक बिषयका दक्ष जनशक्त्ति उत्पादन गर्दै आएको छ । यसैगरि स्नातक तर्फ फार्मेसीका दक्ष जनशक्त्ति उत्पादन गर्न लागिपरेको छ । साथै अस्पतालका लागि चाहिने दक्ष जनशक्त्ति उत्पादन गर्न अस्पताल मनेजमेन्ट विषयमा स्नातोकोत्तरको पठनपाठन पनि सुरु गरेको छ ।

मनमोहनले स्वदेशका उद्योगहरुलाई सुहाउँदो प्राविधिक जनशक्त्ति उत्पादन गर्न प्राकृतिक चिकित्सादेखी विषयको पठनपाठन गराउन पाठयक्रम पनि तयार गरिसकेको छ ।  मनमोहनले भावी दशबर्षे शैक्षिक कार्ययोजना बनाएर  तीन वटा स्कूलहरु स्थापना गरि  दशवर्षमा स्नातक, स्नातकोत्तरदेखी पिएचडी सम्मका २८ वटा विभिन्न विषयहरु सञ्चालनगरि हरेक बर्ष २८ सय ३१ ज्ना विभिन्न बिषयका दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्य  छ ।