लक्ष्मीपुर । 

एशियन हाइ–वे निर्माणको क्रममा पोल स्थानान्तरण तथा गाडिएको पोलहरुमा लाइन तान्ने कार्यका लागि  लाइन सटडाउन हुने भएको छ । आज (आइतवार) झापाको दुर्गापुर फिडर र कनकाइ फिडरमा बिद्युत  अवरुद्ध हुने भएको छ । 

बिद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्र अन्तर्गत  आज आइतबार बिहान ७ बजेदेखि १२ बजेसम्म दुर्गापुर फिडर र बिहान ७ बजेदेखी दिउँसो ४ बजेसम्म कनकाई फिडर अवरुद्ध हुने  भएको हो । 

बिद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले शनिवार एक सूचना जारी गर्दै पोल स्थानान्तरण तथा गाडिएको पोलहरुमा लाइन तान्ने कार्यका लागि बिद्युत अवरुद्ध हुने भएकाले पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ ।