- रन्जित परियार
बुट्टावारी ।
झापाको अर्जुनधारा नगरपालिका–६ को वालकल्याण आधारभूत बिद्यालयले लघु शैक्षिक भ्रमण सम्पन्न गरेको छ । स्थानीय बिषय अन्तर्गत हाम्रो अर्जुनधारा पुस्तकमा रहेको स्थानीय संघ सस्था र असल बिद्यालय अवलोकन गर्ने कार्य अनुसार कक्षा पाँचदेखि आठ सम्मका विद्यार्थीहरूको लघु शैक्षिक भ्रमण गरिएको प्रधानाध्यापक डम्बर यादवले बताए ।
विद्यार्थीहरुले सालबारी झिल, सुखानी पार्क, नमुना सामुदायिक वन, शनिश्चरे गुम्बा, बिरिङ नेते टानटिङ फुलमती नदीहरूको अवलोकन साथै हलुवागढ समुदायिक वन कार्यालय अवलोकन कालीखोला सिमसार हलुवागढ अवलोकन, भीमले आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति प्र अ स्टाप र विद्यार्थी बीच परिचयात्मक कार्यक्रम र भिमले विद्यालयबाट खाजाको ब्यवस्थापन गरिएको थियो ।
त्यसै गरी विद्यार्थीहरु सुखानी खोलाको अवलोकन गर्दै सुखानी सहादत स्थल अवलोकन गरिएको थियो । स्थानीय स्तरमा रहेको राम्रो काम र ती कार्यहरुबाट विद्यार्थीहरुले धेरै कुरा सिक्ने बिझ्ने मौका पाएका शिक्षक देउमाया दाहालले बताइन् । भ्रमणमा शिक्षकहरु भेषराज अधिकारी, सीता बस्नेत र दिपिका निरौला रहेका थिए ।


















