बिराटनगर । 

अस्तालमा उपचार गराएर नशामुक्त्त भै  पुर्नजिवनपाउन सकिन्छ भन्ने धेरै लागु औषधको कुलतमा परेर सिकिस्त भएका विरामीहरुले अझै थाहापाउन सकेका छैनन ।

यसैले अझै धेरै कुलतका विरामीहरु उपचार अभावमा  शारिरिक र मानसिक रोगी बनिरहेका छन । साथै  अस्पतालको उपचार अभावले अझै धेरै विरामीहरु नशा मुक्त्त हुनसुधार केन्द्रको भरपर्न पनि बाध्य भैरहेका  छन ।

तर  आजकल लामो समय लागु पर्दाथहरु रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स( ब्याब्लेट र सुई , सिरप) ) प्रायोग गरेर शारिरिक र मानसिक रुपमा असक्त्त भएका विरामीहरुलाई विशेषज्ञ चिकित्सकहरुले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरामा  सफल उपचार गर्न थालेका छन् । 

  • सुधारकेन्द्र छाडेर अस्पताल आउन थाले विरामी 

आजकल सुविधा सम्पन्न अस्पतालहरुमा दक्ष मनोचिकित्सहरु बाट नशा मुक्त्त बनाउने सफल उपचार हुनथालेपछि लागु औषध सेवन गरेर शरिरिक र मानसिक रुपमा असक्त्त भएका विरामीहरु सुधारकेन्द्र जान छाडेर अस्पताल आउनेक्रम बढन थालेको छ ।

चिकित्सकहरुका अनुसार पहिले अस्पतालहरुमा नशा मुक्त्तहुने उपचार गराउन लागु औषधका विरामीहरु एक दुई जनामात्रआउने गर्दथे । तर ठूला अस्पतालहरुले मानसिकविभाग स्थापना गरेर दक्ष मनो चिकित्सकहरु बाट स्वदेशमै भरपर्दो उपचार गराउन थालेपछि नशामुक्त्त हुन अस्पतालमा आउने विरामीहरु आर्कषित हुनथालेको चिकित्सकहरुको भनाई छ  ।

हाल मोरङको बुढीगंगा २ मा रहेको  विराट शिक्षण अस्पतालमा मात्र  मानसिक विभागमा दैनिक बीस जनाभन्दा बढी लागु पर्दाथ सेवन गर्ने सिकिस्त विरामीहरुको उपचारका लागि भर्ना हुन थालेका छन । 

  • यसरी गर्छन चिकत्सकहरु कुलतका विरामीको उपचार 

अस्पतालमा शारिरिक मानसिक रुपमा सिकिस्त भएर आएकालागू औषधकाविरामीहरुलाई बिशेषज्ञ मनोचिकित्सकहरुले मानसिक विभागमा  विज्ञहरुको  टिम नै परिचालन गरेर उपचार गर्नेगर्दछन ।

अस्पतालमा आएकाविरामीहरुको चिकित्सहरुले पहिले  विमारको अवस्थाबुझेर ‘बेसिकलाईन चेक’अन्तर्गतपहिले विरामीको सुगर, प्रेसर, मृगौला, कलेजो, पिसाब, मुटु र रगतआदि चेकजाँच गर्ने गराउने गर्दछन्  ।

त्सपपछि जाँचको रिर्पोटका आधारमा विरामीहरुलाई मानसिक विभाग अन्गर्तत कसैलाई सघन त कसैलाई समान्य कक्षमा राखेर  चिकित्सहरुले प्रत्यक्ष निगरानीमा चौविसै घण्टा उपचार गर्दछन ।

उपचारका क्रममा कुलतका विरामीहरुको शारिरिक मानसिक अवस्था अनुसार क्रमश फिजिकलसँगै कुलतमुक्त्त गराउने औषधी सेवन गराउने गर्दछन । यसरी अस्पतालमा १० देखी एक महिनासम्म भर्ना भएर विज्ञ चिकित्सकहरुको निगरानीमा प्रत्यक्ष उपचार गरेका विरामीहरु कम्तीमा छ महिनादेखी एक बर्षसम्म नियमित औषधी सेवन गरेर नशामुक्त्त हुनेगरेका छन । 

  • उपचार हुनथालेपछि कुलतमुक्त्तहुन अस्पताल आउने विरामीहरु बढन थाले 

सुविधा सम्पन्न अस्पतालहरुले दक्षविशेषज्ञ चिकित्सहरु नियुक्त्त गरेर मानसिक विभागमा उपचार गर्न थालेपछि पहिले सुधार केन्द्रमाजाने र घरमै रोगी भएर बस्न बाध्य भैरहेका लागू पर्दाथकाविरामीहरु आजकलउपचार गराउन आस्पतालमा आउनेक्रम बढन थालेको मोरङ बुढीगंगा २ स्थित विराट शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख मनोचिकित्सक प्रोफेसर डाक्टर नवराज कोइराला बताउँछन । विज्ञ मनोचिकत्सक कोइरालाका अनुसार आजलक अस्पतालमा सफलउपचार हुनथालेपछि दैनिक बीस जनासम्म कुलत मुक्त्त हुने उपचार गराउन विरामीहरु विराट अस्पतालमा  आउन थालेका छन ।

  • कुलत मुक्त्तउपचारमा अझै प्रचारप्रसारको कमी

चिकित्सक कोइरालाका अनुसार अझै दक्ष चिकित्सकहरुबाट सुविधासम्पन्न अस्पतालहरुमा सस्तो खर्चमा भरपर्दो तरिकाले नशामुक्त्त गराउने उपचार हुन्छ भन्ने धेरै विरामी र आफन्तहरुले जानकारी पाइसकेका छैनन । यसैले जानकारी अभावले पनि आउनुपर्ने जति कुलतका विरामीहरु उपचार गराउन अस्पताल आउने गरेका छैनन ।

अस्पतालमा गएर कुलत मुक्त्त भएर पुर्नजिवन पाउन सकिन्छ भन्ने  सबैले जानकारी पाएमा अस्पतालमा उपचार गराएर कुलत मुक्त्त हुनआउने विरामीको संख्या उल्लेख्य रुपले बढने छ । मनोविज्ञ चिकित्सक डा कोइराला भन्छन , ‘कुलतमा परेर शारिरिक र मानसिक विरामी भएकाहरुको अस्पतालमा भरपर्दो र सस्तो उपचार हुन्छ भन्ने अझै प्रचार प्रसार हुन सकेको छैन ।

यसैले अझै धेरै विरामीहरुको पहुँच अस्पतालसम्म पुग्न सकेको छैन । तर उचित प्रचारप्रसार भएमा धेरै जना विरामीहरु अस्पतालमा आएर उपचार गराएर नशा मुक्त्तभएर पुनर्जिवन पाउने हरुको सख्या उल्लेख्य बढने छ ।’ 

  • अस्पतालमा उपचार गराउने  विरामीहरु कुलतमुक्त्त हुन्छन 

विज्ञ चिकित्सकहरुका अनुसार लामो समय नशा सेवन गरेर शारिरिक र मानसिक रुपमा विरामी भएका रोगीहरु प्रायले आफुलाई विरामी ठान्दैनन । यसैले धेरै विरामीहरुले उपचारका लागि अस्पताल आउन  अटेर गर्ने गरेका छन ।

विरामी भएका ेमहशुस गर्नेहरु धेरैजनाले पनि अस्पतालमा उपचार गराएर नशामुक्त्तहुन सकिन्छ भन्ने अझै विश्वास गर्नेगरेका छैनन । यसैले उनीहरु अस्पतालमा भर्ना भएर चिकित्सकको निगरामीमा उपचार गराउन अस्पताल जान हिच्कचाउने गरेका छन  । अस्पतालमा सफलउपचार हुन्छ भन्ने जानकारीको अभावमा अझै आफन्त र अभिभावकहरुले कुलतमुक्त्त बनाउने आशामा विरामीलाई महंगो शुल्क तिरेर  सुधार केन्दमा भर्ना गरिदिने गरेका छन  ।

तर सुधार केन्द्रमा चिकित्सकको निगरानीमा विरामीको चेकजाँच र औषधी उपचार हुदैन । यसैले केहीमहिना  सुधारकेन्द्रमा बसेर नशा सेवनबाट  ‘डिसकनेक्न्ट’ भएकै भरमा विरामीहरु दुब्र्यसनको विमारबाट मुक्त्तसक्दैनन । बरु पटक पटक सुधारकेन्द्रमा बसेपनि उनीहरु निस्केर समाजमा गएपछि नशामुक्त्त भएर पुर्नस्थापना हुनुको साटो पुन लागु औषध सेवन गर्न थालेर विरामी बनिरहन्छन । जसले गर्दा  घर परिवारले मात्र नभएर समाजले समेत हानी नोक्सीनी बेहोरिरहनुपर्दछ । 

उपचार अभावले नशा मुक्त्त हुन नपाउँदा उनीहरुको जिवन सधैका लागिअन्धकार मात्र बन्दैन मृत्युपनि हुनेगर्दछ । मनोचिकित्सकहरुका अनुसार  अस्पतालमा आएर उपचार गराएमा लागु औषध सेवन गर्ने विरामीहरु केही महिनापछि नै निको भएर पुर्नजिवन पाउन सफल हुन्छन । विराट शिक्षण अस्पतालमा कुलतका विरामीहरुको उपचार गर्दै आएका मनोचिकित्सकहरु भन्छन , ‘अटेर गरेर गतिछाडी औषधी नै खानछाडेर  पुन नशा गर्ने विरामीहरुमात्र हत्तपत्त निको हुदैनन तर अस्पतालमा  उपचार गराएर नियमित औषधी सेवन गरेका विरामीहरु प्राय सबै कुलतमुक्त्त भैरहेका छन् ।’