काठमाडौं ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले असार २८ गते विश्वासको मत लिन पत्र पठाएका छन् । विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार)  सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर संसद सचिवालयलाई पत्र पठाइएको छन्।  

पत्रमा सरकारमा सहभागी दलहरू मध्ये एक दल (एमाले) ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । 

‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भए अनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’ प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।