काठमाडौं । 

नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका छन् ।एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि एमालेबाट बनेका मन्त्रीहरुले  आज (बुधबार) साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई राजिनाम दिएका हुन् । 

उनले एमालेका मन्त्रीहरुको एक एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् । प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।