मेचीनगर । 

नेकपा एमाले मेचीनगर कमिटीले असार १५ अर्थात राष्ट्रिय धान दिवसका अवसरमा किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ । प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपेर मनाउँदै आएको असार १५ यसपटक एमाले नगर कमिटीले मेचीनगर–९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो ।

शनिबार बिहान किसानको खेतमा धान रोपाइँमा एमालेका केन्द्र देखि वडासम्मको करिब १५० जना बढीको सहभागता रहेको थियो । नौमती बाजासहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पुर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य मीना पोख्रेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास, एमाले नेता तथा पुर्व कोशी प्रदेश सदस्य श्रीप्रसाद मैनाली, एमाले कोशी प्रदेश कमिटी सदस्य देवकुमार राई, लत्ता प्रसाईं, जिल्ला सदस्हरू संगिता थापा, रेनुका डाँगी, दिपक बराल, रमा भण्डारी, सञ्जु ढुङ्गेल र पुष्प गुरागाई मेचीनगर कमिटी उपसचिवद्वय राजु धिमाल, जानुका ओलीलगायत अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

एमाले मेचीनगर कमिटी उपाध्यक्ष कञ्चन तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।