झापा । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले उद्योगी, ब्यवसायी तथा सर्वसाधारणलाई दुःख दिएको भन्दै आपत्ति जनाएको छ । पार्टीले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुःख दिन थालेपछी आज (बुधवार) प्रेस बिज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो । 

पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको, उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । बिज्ञप्तिमा उद्योगी ब्यवसायीहरु लाई दुःख नदिन चेतावनी दिइएको छ । 

बिज्ञप्तीमा भनिएको छ ‘यतिवेला झापामा कृयाशिल उद्योगी, व्यापारी र सर्वसाधरण श्रमिक जनता माथि बैंक, लघुवित्त संस्था र मिटर व्याजी हरुले असार मसान्त अर्थात क्लोजिङको नाममा चलाएको अशुलि आतंक प्रति हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।’

‘यो समय उद्योगी  व्यापारीहरुको उद्योग धन्दा कारोवारको अवस्था खंस्कदो र संकटपूर्ण रहेको छ। व्यापार घाटाको अवस्था डरलाग्दो बन्दै गइरहेको छ । राज्यले पुजिगत खर्च तर्फको भुक्तानि समेत समयमा दिन नसक्दा त्यसले बजारलाई झन ठुलो संकटमा फंसाइ रहेको छ । यतिवेला आम सर्वसाधरण, मध्यम स्तरका व्यापारी, उद्योगी, निर्माण व्यवसायी कम्पनीहरु समेत यो आर्थिक तरलताको मारमा पिल्सनु परेको छ ।’ पार्टीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

उद्योगी  व्यवसायी हरु तथा सर्वसाधरण जनतालाइ संयमित बन्न र उच्च मनोवलसहित यो संकट विरुद्ध संघर्ष गर्न पार्टीले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।