धुलाबारी । 

नेपाली कांगे्रस मेचीनगर–९ वडा समितिले जनहितकारी बजेट, नीति तथा कार्यक्रम ल्याउन वडा कार्यालयमा मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका वडा सभापति उद्धव बानियाँ नेतृत्वको टोलीले वडाध्यक्ष कञ्चनकुमार तामाङलाई आइतबार मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

माग पत्रमा वडाको सन्तुलित विकासका लागि कार्यक्रमहरु समावेश गर्न माग गरिएको छ । वडामा नवनिर्मित स्वास्थ्य चौकी संचालनमा ल्याउनुपर्ने, सामुदायिक भवन निर्माण अलपपत्र रहेको र तत्काल बजेट बिनियोजन गरी सञ्चालनमा ल्याउनुपर्ने लगागतका मागहरु पत्रमा उल्लेख छ ।

वडाको स्वास्थ्य, शिक्षा, मानव केन्द्रीत विकास निर्माण लगायतका बुद्दा समेटिएको योजना समावेश गरिएको ध्यानाकर्षण पत्र बुझाइएको वडाका उपसभापति रुद्रकुमार रोक्काले बताए ।

वडाभित्र सञ्चालित विकासे योजनाका समस्या पहिचान तथा आर्थिक वर्ष २०८१÷०८२ मा गर्नुपर्ने कार्यक्रमहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । वडा समितिले जनसरोकारका विषयमा उठेका योजनालाई आगामी बजेटमा समावेश गर्न दवाव दिदै आएको छ ।