• रश्मिशेखर सुबेदी

भद्रपुर । 

झापाको भद्रपुरमा  साहित्यिक, सान्कृतिक एवम् साङ्गीतिक कार्यक्रम  सम्पन्न  भएको छ ।  सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको सहयोग र बिश्वेस्वर प्रसाद कोईराला  स्मृति  प्रतिष्ठान भद्रपुरको आयोजनामा सम्पन्न कार्यक्रममा दुई महत्त्वपूर्ण साहित्यिक बिमर्श भएका थिए  । 

नेपाली साहित्यमा झापाली सर्जक बिषयमा समालोचक डा. गङ्गाप्रसाद अधिकारी, कथाकार पुण्यप्रसाद खरेल, डा. रत्नमणी नेपालले प्यानल डिस्कसनका बक्ताका रूपमा भाग लिएका थिए । उक्त बिमर्शको सहजीकरण लीला अनमोलले गरेकी थिइन् । बिमर्शले जन्म, कर्म र योगदानको आधारमा सर्जक कुन भूगोलको  हुने ? भन्ने नयाँ प्रश्न उठाएको छ ।

साहित्यिक बिमर्शको अर्को बिषय नेपाली साहित्यमा बिश्वेस्वर प्रसाद कोइराला रहेको थियो । प्राध्यापक समालोचक कविराज नेउपाने, प्राज्ञ मुनाराज शेर्मा र समालोचक लेखनाथ भट्टराईले प्यानल डिस्कसनमा बक्ताको रुपमा भाग लिएका थिए ।  प्राज्ञ बिवश पोखरेलको सहजीकरणमा सम्पन्न यो बिमर्शमा बि पि कोइरालाको साहित्यिक अराजकतामाथि बहस र साहित्यिक चेत, दृष्टिकोण र योगदानको बारेमा चर्चा गरिएको थियो ।  

कार्यक्रममा  बिरही अधिकारी, केशव आचार्य, गोकुल अधिकरी, कृष्ण बराल, तुलसीराम खरेल, मिलनकुमार ढुङ्गाना, अभागी थेगुवा, खगेन्द्रा खुशी, राजेश ढुङ्गाना, कुमार भट्टराई, अनिता राजबंशी, नमुना दहाललगायतले कविता वाचन गरेको कार्यक्रममा अर्जुन खरेल र अनिता पौडेलले गीत र बालकार सुहाना तामाङ्ग र तृष्णा  शर्माले नृत्य प्रस्तुत गरेका थिए । 

बिश्वेस्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष गोबिन्द लम्सालको सभापतित्व र बरिष्ठ समालोचक गिरिराज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्राज्ञ हरि पौडेल, राम कट्टेल, कृष्ण हुमागाई, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव देबेन्द्र गौतम र लता खरेलले गरेका थिए ।