लक्ष्मीपुर । 

नेकपा (एकीकृत समाजबादी) ले १० औं राष्ट्रिय महाधिवेशनका लागि झापाबाट युवा नेता बासु दुलालसहित १४ जना प्रतिनिधि छनौट गरेको छ । नेकपा एसको कोशी प्रदेश सचिवालय सदस्य तथा झापा उपाध्यक्षसमेत रहेका दुलालसहित १४ जना  १० औं राष्ट्रिय महाधिवेशनका लागि झापाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका हुन् । 

झापा क्षेत्र नम्बर १ बाट तीन जना, क्षेत्र नं. २ बाट पाँच जना, क्षेत्र नं. ३ बाट दुई जना, क्षेत्र नं. ४ बाट तीन जना र क्षेत्र नं. ५ बाट एक जना गरी १४ जना प्रतिनिधि छनौट भएका छन् । 

नेकपा एसले बुधवार  १० औं राष्ट्रिय महाधिवेशनका लागि झापाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेको बताइएको छ । नेकपा एसले झापा क्षेत्र नं. १ बाट शंकर थापा, पर्शुराम शंकर र सबिता भेटवाल, झापा क्षेत्र नं. २ बाट बासु दुलाल, प्रत्युस राना, श्रीप्रसाद सिटौला, कृष्णबहादुर लोहार र सरस्वती लिम्बुलाई छनौट गरेको छ । 

त्यस्तै झापा क्षेत्र नं. ३ बाट बेदराज रेग्मी र पदम लिम्बु, झापा क्षेत्र नं. ४ बाट कमलप्रसाद सापकोटा, नविन इजम र मिरा प्रधान र झापा क्षेत्र नं. ५ बाट अनिलदेव राईलाई प्रतिनिधि छनौट गरेको बताइएको छ ।