बिर्तामोड । 

कोचिला राष्ट्रिय मुत्ति मोर्चा नेपालको आगामी असोज १२ गते शनिवार काठमाडौंमा राष्ट्रिय महाधिवेशन हुने भएको छ । बिर्तामोडमा शनिवार भएको कोच भेला तथा प्रशिक्षण कार्यक्रमले राष्ट्रिय महाधिवेशनको मिति तोकेको हो । भेला तथा प्रशिक्षण कार्यक्रमले राष्ट्रिय महाधिवेशनसहित बिभिन्न ११ बुँदे निर्णय गरेको छ । 

झापा मोरङ र सुनसरीको भुगोललाई कोचिला प्रदेश बनाउने अवधारणलाई यथावत राख्ने, र भुगोलको आधारमा कोच स्वयत क्षेत्र बिकास गर्नका लागि मोर्चाले राजनैतिक कार्यदिशा अन्तगत मार्सवाद लेलिनवाद माओवाद हुँदै समाजवादी आनदोलनको अवधारणलाई मुर्त रुप दिन पहिचानको आन्दोलनलाई निरन्तरता, झापा, मोरङ र सुनसरी जिल्लामा रहेका वडा, गाउँ, नगर पालिकाहरुमा १ लाख सदस्यता वितरण गर्ने संगठन सुद्धढिकरण अभियान अन्तरगत वडा, गाउँ, नगर पालिका र जिल्ला कमिटीहरुलाई महाधिवेशन अगावै अधिवेशन मार्फत पुर्णता दिने,  लोकतान्त्रिक पद्धतिवाट संगठनहरु गठन गर्ने कोचिला राष्ट्रिय मुत्ति मोर्चा नेपालको बिधान २०६३ लाई संस्थागत गर्दै संसोधानर्थ ‘विधान महाधिवेशन २०८१’ आगामी भाद्र १ गते झापाको दमकमा गर्ने निर्णय निर्णय गरेको छ । 

त्यसैगरी कोचिला राष्ट्रिय मुत्ति मोर्चा नेपालको केन्द्रिय भेला तथा प्रशिक्षणवाट ५ सदस्यीय  बिधान मसौदा समिति चयन गरेको छ । जसका संयोजकमा पुकार चन्द्र राजबंशी, सदस्य खकेन राजबंशी, गणेश राजवंशी, मोति राजवंशी र श्रवन राजवंशी  सदस्य रहेका छन् । 

कोचिला सहिद स्मृति प्रतिष्ठान नेपाल नामक संस्था पुर्णप्रसाद राजवंशीको संयोजकत्वमा स्थापना गरी कोचिला सहिद उद्यान पार्क निर्माण गर्ने र पर्यटकिय स्थलको रुपमा बिकस गर्दै पर्यटन क्षेत्रको बिकासमा सहयोग गर्ने, कोचिला (कोच) भाषा अनुसन्धान तथा बिकास केन्द्र पुकारचन्द्र राजबंशीको संयोजकत्वमा स्थापना गरि कोच भाषालाई स्थानिय जिल्ला तथा प्रदेश सरकारी कार्यालयहरुमा कामकाजि भाषाको रुपम प्रयोग  गर्न पहल गरिने, कोच भाषालाई सरकारी तथा निजि स्तरका बिद्यालयहरुमा अध्यायन अध्यापनका लागि पाठ्यक्रम निर्माण गरि सो कार्य सुचारु गर्दै कोच भाषि शिक्षक शिक्षिकाको ब्यावस्थापन गरी ठोस पहलकदमि लिने साथै प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यस्तै  कोचिला राष्ट्रिय मुत्ति मोर्चा नेपालको केन्द्रिय कार्यालय स्थापना गर्ने र हाललाई केन्द्रिय सम्पर्क कार्यालयको रुपमा झापाको दमक नगरपालिका बालुवाटारमा रहेको नेकपा माओवादी पार्टीको नगर कमिटिको कार्यालयको एउटा कोठामा सञ्चालन गरिने, मोर्चा नेपालको महाधिशन मुल आयोजक समिति ममता राजवंशी ताजपुरीयाको संयोजकत्वमा कृतिकुमार राजवंशी सह–संयोजक, पुकारचन्द्र राजबंशी सचिव रहने गरि ९९ सदस्य रहने निर्णय  गरिएको बताइएको छ । 

कोचिला राष्ट्रिय मुक्ति मोर्चाकी संयोजक तथा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव हरबोल गजुरेल, केन्द्रीय सदस्यहरु सावित्रीकुमार काफ्ले, शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङलगायतले कोचहरुको गुनासो जायज रहेको भन्दै त्यसप्रति पार्टी गंभीर रहेको बताएका छन् । मोर्चाका केन्द्रीय सचिव किर्तीकुमार राजवंशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य पुकारचन्द्र राजवंशीले गरेका थिए ।