बिर्तामोड, १ असार । 

द नेस्ट एजुकेशन कन्सल्टेन्सी बिर्तामोडले एक दिने छात्रवृत्ति कक्षा सम्पन्न गरेको छ । बिर्तामोडस्थित कार्यालयमा आज (शनिवार) बिभिन्न मुलुकमा अध्ययनका लागि जााने बिद्यार्थीलाई लक्षित गरी कन्सल्टेन्सीले ‘द नेष्ट स्कलरसीप २०२४’ सम्पन्न गरेको हो । 

स्करसीपमा सहभागी बिद्यार्थीलाई आयल्स तथा पिटी कक्षाका साथै बिभिन्न अफरहरु प्रदान गरिने र ५० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको कन्सल्टेन्सीका बिर्तामोड मेनेजर खड्ग ताम्लिङले जानकारी दिए ।

स्कलरसीप अन्तरगत युटिएस कलेज अस्ट्रेलिया, कोलोराडो मेसा युएसए, हुलियम पिर्टसन, यूडब्लुई बिस्ट्रोल युके, क्यानाडा, न्यूजियरल्याण्ड, डेनमार्क, आयरल्याण्डलगायतका सातवटा देशको बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम गरिएको मनेजर ताम्लिङले बताए ।

the next 1

द नेस्ट स्कलरसीप कार्यक्रममा रविश्मा साह, महिमा थापा, रोजिका पोखरेल, सृजन घिमिरे, विवेक बिमली, रोशन पौडेलले लगायतले बिद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय स्तरका विश्व बिद्यालयका बारेमा जानकारी गराएका थिए । 

बिद्यार्थीलाई बिभिन्न देशको शैक्षिक अवस्था तथा कानुनी प्रक्रिया, त्यहाँको रहनसहन, वाताबरण, भाषालगायतका बिषयमा उनीहरुले प्रशिक्षण दिएका थिए । त्यस्तै बिद्यार्थीलाई सात वटा देशका विश्वबिद्यालयमा कसरी स्करसीप प्राप्त गरेर अध्ययन गर्न कसरी सकिन्छ भन्ने बिषयमासमेत जानकारी गराइएको थियो ।

 स्कलरसीप कार्यक्रममा झापासहित बिभिन्न जिल्लाका करिव २ सय बिद्यार्थीको सहभागीता रहेको थियो । सन् २०१७ देखि द नेस्ट एजुकेशन कन्सल्टेन्सीले बिर्तामोडमा शैक्षिक परामर्शसहित बिभिन्न तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।