झापा ।  

बर्षासँगै आएको हावाहुरीले झापाको गौरीगञ्ज गाउँपालिका तीन लाख तीस हजार रुपैयाँको क्षति भएको छ । गएराती अन्दाजी ७ः१० बजेको समयमा पानीसँगै आएको हावा हुरीले गौरीगञ्ज–४ स्थित अल्टामारीका पाँच वटा घरमा क्षति पुर्याएको हो । हावाहुरीका कारण एउटा बिजुलीको पोल समेत ढलेर क्षति पुगेको छ । 

पानीसँगै आएको हावाहुरीले गौरीगञ्ज ४ स्थित अल्टामारका सम्पत लाल राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको एक कोठे घरको छाना उडाउँदा एक लाख, सोही स्थानका 

देवेन रायको टिनको छाना भएको बाँसको टाँटीले  सेन्ट्री  बेरा गरेको एक कोठे घरको टिनको छाना उडाउँदा ८० हजार, मेघराज राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको २ कोठे घरको टिनको छाना उडाउँदा ५० हजार रुपैयाँ बराबरको क्षति  भएको छ । 

त्यस्तै सोही ठाउँका प्रसादु राजवंशीको टिनको छाना भएको इट्टा र सिमेन्टले बनेको ४ कोठे घरको टिनको छाना उडाउँदा ५० हजार र रबिन राजवंशीको टिनको छाना भएको  बाँसको टाँटीले सेन्ट्री  बेरा गरेको १ कोठे भुजा मिलको छाना उडाउँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

संकेत तस्वीर