झापा ।
झापामा जातिय भेदभाव तथा छुवाछुत बिरुद्ध जनचेतनामूलक र्याली भएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८१ को अवसरमा सोमवार (आज) भद्रपुरमा र्याली भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा झापा भद्रपुर नगरपालिका वडा नम्बर १० स्थित जिल्ला प्रशासन कार्यालय झापाबाट प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा र्याली भएको थियो ।
र्यालीमा जनचेतनामूलक प्ले कार्ड, व्यानरसहित उक्त प्रभात फेरि र्याली चन्द्रगढी बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा कोणसभामा परिणत भएर समापन भएको थियो । र्यालीमा झापाका बिभिन्न सामाजिक संघसंस्थाको सहभागीता रहेको थियो ।