झापा ।
झापाको दमक नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक–२ का ६२ बर्षिय खगेन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो ।
राईको आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन टच भएर करेन्ट लागेको थियो । राई बिहीवार ९ः१५ बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए ।
करेन्ट लागेर घाइते भएपछि उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएर उपचार भइरहेको अवस्थामा साही अस्पतालमा १०ः१४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।