झापा ।
झापामा बर्षा चट्याङसँगै आएको हावाहुरीका कारण झापामा २ करोड ६२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । गत जेठ १६ गते राती १ बजेको समयमा आएको बर्षा चट्याङसँगै आएको हावाहुरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने हाइवे क्षेत्रमा बिधुत प्रशारणको लागि गाडीएका ६० वटा नयाँ पोलहरु लडेर भाँचिएको अवस्थामा छन् ।
त्यस्तै मेचीनगर–१० प्रगती टोलका डिल्लिराम श्रेष्ठले सञ्चालन गरेको भेनियर उद्योगको भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाईनिज मेसिन सहित उद्योगको दुबै पट्टीको टिनको छानामा क्षती हुँदा एक करोड मूल्य बराबरको क्षति भएको छ भने सोही वडास्थित लालपानीका श्याम न्यौपानेले सञ्चालन गरेको सिद्धबिनायक भेनियर उद्योगको भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी सोही स्थानका यामप्रसाद आचार्यको घरको टिनको छानो उठाउँदा ५० हजार, मेदनी खनालको घरको टिनको छानो उडाउँदा ५० हजार, राधिका राजवंशीको टिनको छानो र टिनको वेरा भएको पसलमा हावाहुरीले १ लाख मूल्य बराबरको क्षति भएको छ । ख्याम प्रसाईले सञ्चालन गरेको शिवम प्लाई उद्योगको भेनियर पत्ता, सोहि उद्योगको छानो, भान्सा घरको छानो लगायतमा क्षति हुँदा १ करोड ५० लाख, इलाका प्रहरी कार्यालय धुलावारी अगाडी रहेको अमित सुर्खेतीले सञ्चालन गरेको टिनको छानो वाँसको वेरा भएको खाजा घरको छानो उडाउँदा .८० हजार मूल्य बराबर गर्दा दुई करोड बैसठुठी लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको बिबरणमा उल्लेख छ ।