बिर्तामोड ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले विभिन्न पार्टीमा छरिएर रहेका राजनैतिक कार्यकर्तालाई लोकतन्त्रको शितल छहारीमा गोलवद्ध हुन आव्हान गरेका छन् ।
नेपाली काङ्ग्रेस बिर्तामोड ५ नम्बर वडा समितिद्वारा आज (बुधवार) आयोजित पार्टी प्रवेश कर्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता हुमागाईले आजको विश्व राजनीतिमा लोकतन्त्रको बिकल्प कुनै राजनीतिक प्रणाली नदेखिएको बताएका छन् ।
सो अवसरमा एमालेको भात्री संगठन युवा संघ बिर्तामोडका पुर्व अध्यक्ष डिल्लीराम सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड ५ का अध्यक्ष शेर बहादुर मादेन, राप्रपाकै योगराज गुरुङ्ग र अनिल गुरुङ्गलाई सचिव हुमागाईले पार्टी सदस्यता प्रदान गरे।
नेका बिर्तामोड ५ का सभापति दिपक मेन्याङबोको सभापतित्वमा भएको सो कार्यक्रममा महासमिति सदस्य राधा सुब्बा, आदिवासी जनजाती संघका बिर्तामोड नगर अध्यक्ष आनन्द गुरुङ्ग, नवप्रवेशीका तर्फबाट शेरबहादुर मादेन लगयतले देशको उन्नती–प्रगतिका लागि नेपाली काङ्ग्रेसको लोकतान्त्रिक नीति र कार्यक्रम नै अपरिहार्य भएको भनाई राखेका थिए। वडा उपसभापति खगेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव राजेश नेपालले गरेका थिए ।
कार्यक्रममा बिरतामोड नगर उपसभापती, सुर्य कन्दङ्वा, ५ न वडा अध्यक्ष रोहित प्रसाईं, पार्टीका ६ नं. वडा सभापति आशिष् गिरी, आदिवासी जनजाती संघ २ नं. सभापति लव चौधरी लगयतले प्रवेशी कार्यकर्तालाई आबिर र खादाले स्वागतगरेका थिए ।


















