बिर्तामोड । 

नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट अध्यक्षका उम्मेदवार भट्टराई २६८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी शेखर कँडेललाई पराजित गर्दै भट्टराई विजयी भएका हुन् । कडेलले १९९ मत प्राप्त गरेका थिए ।

बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका मदन बुढाथोकीले सर्वाधिक लोकप्रिय मत प्राप्त गर्दै विजयी भएका छन् । उनले ३२३ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी राहुल शर्माले १३४ मत प्राप्त गरे ।

त्यस्तै खुल्ला सचिव पदमा भट्टराई प्यानलकै अम्बिका लिङ्देनले २३८ मत मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी लक्ष्मीप्रसाद बाँस्कोटाले २१० मत प्राप्त गरे । त्यस्तै खुल्ला उपसचिव पदमा भट्टराई प्यानलका गंगालाल राजवंशीले २२२ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी हिमाल कन्दङ्वाले २२० मत प्राप्त गरे ।

 महिला उपसचिवमा भट्टराई प्यानलकै डिल्लीमाया आचार्यले २५४ मत मत ल्याएर विजयी भइन् भने उनका प्रतिष्पर्धी चन्द्रकला संग्रौला पकुवालले १७६ मत प्राप्त गरिन् । त्यस्तै लेखा कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका दिनेश अधिकारी २११ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी किशोरकुमार पौडेलले १८८ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सुमन त्रिखत्रीले ३५ मत प्राप्त गरे।

 लेखा कमिटीको सचिवमा भट्टराई प्यानलकै हिमाल मैनाली २२२ मत मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी ढाँचाराज कडरियाले १९९ मत प्राप्त गरे । त्यस्तै लेखा कमिटी सदस्यहरुमा विष्णुप्रसाद आचार्य २८८ , लक्ष्मी रोका २७९ र सुजन दाहाल २६८ मतसहित निर्वाचित भए भने राजन घतानीले २०३ मत प्राप्त गरी पराजीत भए । कुल ५०४ मतदाता रहेको अधिवेशनमा ४८८ जनाले मतदान गरेका थिए ।