कालीस्थान ।

 १७ औ गणतन्त्र दिवसको अवसर पारेर कालिका सस्कृत बिद्यापीठ अध्ययनरत बिद्यार्थीहरुले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ्न् ।

प्रतियोगितामा चार समूह सहभागी थिए । प्रतियोगितामा गणेश निरौला नेतृत्वको मधेस प्रदेश समूह प्रथम, प्रयास खतिवडा नेतृत्वको कोशी प्रदेश समूह दोस्रो, दिप्सन पोखरेल नेतृत्वको गण्डकी प्रदेश समूह तृतीय भएका थिए ।

बिद्यालयका प्राचार्य आ। रघुनाथ रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कालिकापीठ कालीस्थानका सचिब  भोलानाथ पोखरेल, सहसचिव राम मिश्र, सह–प्राचार्य भरत अधिकारी  लगायतको आतिथ्य रहेको थियो ।

आकाश निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवेश खतिवडाले सहजीकरण गरेका थिए भने सबिन ढकाल र उमेश निरौलाले सन्चालन गरेका थिए ।