काँकरभिट्टा । 

गणतन्त्र दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगरले एकसय ५० परिवारलाई झुल वितरण गरेको छ । माओवादी मेचीनगर र वडा नम्बर ७ को आयोजनामा मंगलबार (आज) मेचीनगर–७ स्थित सतीघट्टा चिया बगानका श्रमिकलाई झुल बितरण गरिएको हो । 

१७ औ गणतन्त्र दिवसको अवसर पारेर मेचीनगर ७ स्थित सतीघट्टा चिया बगानको गोमनसरीस्थित खान्द्रु टोल, नमुना टोल र चिया बगान १२ नम्बर इकाईमा गरेर एकसय ५० परिवारलाई झुल वितरण गरिएको छ । 

जनताका दुःख सुखमा साथ र सहयोग गर्दै उनीहरुलाई पार्टीसँग जोड्ने उदेश्यले झुल वितरण गरिएको नगर अध्यक्ष राजन चिमरियाले बताएका छन् । 

झुल बितरण कार्यक्रममा नगर अध्यक्ष राजन चिमरिया, उपाध्यक्ष बद्रीनाथ फुयाल (बिएनपी), सचिव ज्ञानेन्द्र घिमिरे, कोषाध्यक्ष दिनेश ओली, पार्टीका मेचीनगर ७ का अध्यक्ष कृतिनिधि गौतम, ६ का अध्यक्ष ध्रुब गिरीलगायतको उपस्थिति रहेको थियो ।  

chimariya

सामाजिक तथा ब्यवसायी ब्यक्तित्व राजन चिमरियाले गत बैशाख २७ गते २१ औं बैवाहिक बर्ष गाँठको अवसर पारेर नगरका १५ वटै वडामा एक सयका दरले झुल वितरण गर्ने घोषणा गरेका थिए । उक्त अभियान अन्तरगत नगर र वडा पार्टीसँगको सहकार्यमा झुल वितरण गरिएको चिमरियाले बताए । 

अघिल्ला प्रत्येक बर्षहरुमा जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा समाजमा बिभिन्न समस्यामा पर्दै आएका बिपन्न समुदायलाई सहयोग पुर्याउँदै आएका चिमरियाले यस बर्ष झुल बितरण अभियान सञ्चालन गरेका हुन् ।

उनले २१ औं बैवाहिक वर्षगाँठको अवसरमा गत बैशाख २७ गते मेचीनगर–८ को टोकला बगानका श्रमिकहरुलाई एकसय  ५० थान झुल बितरण गरेर अभियानको सुरुवात गरेका थिए । रीतिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले आफ्नो जन्मदिन कार्तिक १६ गते र बैवाहिक बर्षगाठमा प्रत्येक बर्ष सामाजिक सेवा अन्तरगत दीनदुखीलाई सहयोग गरेर मनाउँदै आएका छन् ।