झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मिलन चौकस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा पैदलयात्रीमो मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र३–०१–०२७च ११२१ नम्बरको पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिदा घाइते भएका उपचारको क्रममा हस्पिटलमा मृत्यु भएको हो । दुर्घटनामा परी शिवसताक्षी नगरपालिका अन्दाजी ६०/६२ बर्षिय पुत्रथाम राईको मृत्यु भएको छ ।
आइतवार साँझ ८ः३० बजेको समयमा दुर्घटनमा परी राईको टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागेर उपचारको लागि इलाका प्रहरी कार्यालय झिलझिलेको मोबाइल गाडिद्धारा उद्दार गरी उपचारार्थ बीएण्डसी अस्पताल बिर्तामोडतर्फ लगिएकोमा राती ९ः२५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको थियो ।
ठक्कर दिने सवारी तथा चालक शिवसताक्षी–९ का २८ बर्षिय अंकित चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।