दमक । 

पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा एक लाख फलफुलको विरुवा रोप्न शुरु गरिएको छ ।  जनतासँग हातेमालो गर्दै नेकपा माओवादी केन्द्रको अगुवाइमा बृक्षारोपण शुरु गरिएको हो । 

झापाको दमक–१ मा रहेको साकेला थानमा भेला भएका २ सय बढीले आज (आइतवार) कागती र लिचिकासहित फलफुलका विरुवा रोप्न शुरु गरिएको हो ।  दमकमा १ लाख विरुवा रोप्ने अभियानको शुरुवात भएको छ । जलबायुको परिवर्तनको असरलाई कम गर्न र उत्पादनसँग जोड्न अव स्थानीय कार्यकर्ताले माथि नभई तलको समस्याप्रति एकजुट हुन माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कोशी प्रदेश शिक्षण विभागका प्रमुख अजम्बर राई काङमाङले आग्रह गरेका छन् । 

एक घर एक लिची र कागती रोप्नका लागि दमकका १० वटा वडामा १ सय टिम तयार गरी कामको शुरु गरिएको छ । यसका लागि हरेक घरमा पुगेर वृक्षारोपण गरिने पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य (अग्निी) ले बताए । 

जनयुद्धमा शहिद बनेका परिवारका सदस्य, घाइते तथा सहयोगी गरी १ सय ७ जनालाई सम्मान गर्दै शुरु गरिएको अभियान अन्तर्गत अव घर घरमा पुगेर सम्मानसँगै विरुवा रोप्ने काम गरिने छ । देशमा भएको व्यवस्था परिवर्तनसँगै जनताको अवस्था बदल्न अब सबै पार्टी जुट्नु पर्ने दमक नगर कमिटि अध्यक्ष रवि बस्नेतले बताएका छन् । 

दश बर्षे जनयुद्ध पछि २०६२/६३ को राजनैतिक एकताको परिवर्तनले देशमा संघीय गणतन्त्रात्मक शासन लागु भएको २ दशक पुग्न लागेको छ । अव हरेक बस्तुमा आत्मानिर्भर बन्ने गरी उत्पादनसँगै आयात भन्दा निर्यातमा जोड दिने हो भने देशमै रोजगारसँगै आर्थिक समृद्धि हुने सामाजिक अगुवाको भनाइ छ ।