बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरिएको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको बैठकले खतिवडालाई प्रवत्ताको जिम्वेवारी प्रदान गरेको हो ।

संघले गरेका विभिन्न व्यवसायिक गतिविधि,  महत्वपूर्ण निर्णय र सूचना अब एकद्वारा प्रणाली अपनाएर सार्वजनिक गरिने भएको छ । जसका लागि प्रवत्ता खतिवडालाई जिम्वेवारी दिइएको संघका अध्यक्ष न्यौपानेले बताएका छन् । 

खतिवडा मार्वत तथा टायल्स व्यवसायी हुन् । उनी मार्वल  तथा टायल्स ब्यवसायी संघ झापाको संस्थापक अध्यक्ष समेत रहेका छन् ।