झापा ।
झापाको विर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुम्बासी टोलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बुधवार विर्तामोड नगरपालिका वडा नम्बर ५ का ३६ बर्षिय कृष्ण ठाकुर र सुनसरी दुहवी नगरपालिका–२ स्थायी घर भई हाल विर्तामोड–४ बस्ने ४२ बर्षिय खड्गनारायण चौधरीलाई पक्राउ गरेको जनाइएको छ ।
चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ७ ग्राम ५१० मिलिग्राम, गाँजा २८९ ग्राम ९७० मिलिग्रामसहित नियन्त्रण गरिएको थियो ।
उनीहरुका साथमा रहेका नगदसहित बिभिन्न सामान फेला पारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।