झापा ।
मोटरसाइकल चोरीमा संलग्न रहेको पाँच जनालाई चोरीका मोटरसाइकलसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा निग्रानी गर्ने मंगलबार प्रतिबादीहरुलाई चोरीका मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा कनकाई–४ का १९ बर्षिय प्रियङ्क कडेल, सोही स्थानका १९ बर्षिय कृष्ण घिमिरे, १९ बर्षिय नबिन बस्नेत, १९ बर्षिय दिपक भुजेल र कनकाई–३ का १९ बर्षिय सम्रिक चुडाल रहेका छन् ।
पाँचथर जिल्लाको बिभिन्न स्थानहरुबाट बिभिन्न मितिमा मोटरसाइकलहरु चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई चोरीको मोटरसाकइलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुका साथबाट चोरीका मोटरसाइकल प्रदेश ३०२–००९ प ५२२१ नम्बरको क्रस फायर मोटरसाइकल र मे ९ प ६४६१ नम्बरको ल्क मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।