सुरुङ्गा।
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा केपी बासँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ । झापा जिल्ला बाल सञ्जालको आयोजना, कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग, झापाका सम्पूर्ण पालिकाको सहयोग, आई। वाई। डायनामिक इन्टरनेशनलको समन्वयमा भएको कार्यक्रममा स्थानीय बाल सञ्जालको समन्वयमा झापाका १५ पालिकाबाट प्रतिनिधिमूलक रूपमा ६ सय बालबालिकाको सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीले बालबालिका भविष्यका विकासका साझेदार र कर्णधार भएको बताए । नेकपा एमालेका अध्यक्ष ओलीले झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता सुनेका थिए ।
राष्ट्रिय व्यक्तित्वसँग झापाली बालबालिकाको साक्षात्कार गराउने उद्देशसहित आयोजित कार्यक्रममा युवा प्रतिभा पलायन, बेरोजगारी, शिक्षाका समस्या, छोराछोरी वीचको विभेद, पूर्व९पश्चिम रेल, मुलुकको समृद्धि, सडक बालबालिका, झाँगिदो भ्रष्टाचार लगायतका विषयमा प्रश्न गरेका थिए ।
झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षता र कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, झापा क्षेत्र नं। ४ का सङ्घीय सांसद एलपी साँवा, एमाले झापा इञ्चार्ज विशाल भट्टराई, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल लगायतको आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न रवीन्द्र लम्साल, नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, अर्जुन उप्रेती, विजय पाठक र अनुप भट्टराई रहेको कार्यक्रम व्यवस्थापन समितिले भूमिका निभाएको थियो ।