काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले यो पटकसमेत चौथो पटक विश्वासको मत पाएका हुन् ।
प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने उनको प्रस्तावको विपक्षमा कुनै पनि मत परेन र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।
बैठकमा १५८ जना सांसद् उपस्थित रहेका थिए भने प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा कूल १५७ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गर्ने मनसायले निरन्तर नाराबाजी गरिरहेको थियो र कांग्रेसले मतदानमा भाग लिएन ।