झापा।
झापा विर्तामोड नगरपालिका सञ्चालित लक्की रेष्टुरेन्ट एण्ड फास्ट फुडबाट एक जना भारतीय नागरिकसहित दुई जना लागू औषध कारोबारी पक्राउ परेका छन् ।
बिर्तामोड–३ मा सञ्चालित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुडबाटको रुम नम्बर सी ४ बाट बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई आइतवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बेष्ट बंगाल माइनागुरी दार्जिलिङ कोरोबारीका २३ बर्षिय रोहित मुखिया र विर्तामोड–५ गणपति बेकरी छेउका २६ बर्षिय कुन्दनकुमार शर्मा रहेका छन् ।
बिशेष सूचनाका आधारमा ब्राउनसुगर २० ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरी आज (सोमबार) झापा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थपको लागि कानुनी प्रक्रिया शुरु गरिएको छ । उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।