सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा पूर्वमै पहिलो पटक बासँग बालबालिका कार्यक्रम हुने भएको छ । जिल्ला बाल सञ्जाल झापाको आयोजनामा आगामी जेठ ८ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालबालिका कार्यक्रम हुने भएको हो । आयोजक संस्था जिल्ला बाल सञ्जाल झापाले आइतवार (आज) सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले बालबालिका सम्बन्धी दूरदृष्टि वा भिजन सुन्ने, झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता केपी बालाई जानकारी गराउने, केपीबा र बालबालिका अनुभव तथा सिकाई आदान–प्रदान गर्ने, बिगत, वर्तमान र भविश्यका नेपालका निर्णायक ब्यक्ति रहेका केपीबाका बिचार सुन्ने, पूर्वी नेपालको तेह«थुममा जन्मेर झापामा हुर्की, बढी, पढी र जीवन संघर्षमा अघि बढ्दै लोकप्रियताको शिखरमा पुगेका पुगेका ब्यक्तित्वसँग झापाली बालबालिकासँग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला बाल सञ्जाल झापा अभिषेक मिश्रले बताएका छन् । उनका कार्यक्रममा श्रव्यदृश्य प्रस्तती, कनकाई नगरपालिकाको बालमैत्री अभियान बारे जानकारी गराउँने, गायत तथा नृत्य प्रस्ततीलगायतका कार्यक्रम गरिने छ । 

कार्यक्रमको ब्यवस्थापन तथा सहयोग कनकाई नगरपालिका र समन्वय आई.वाई.डाइनामिक इन्टरनेशनलको रहने बताइएको छ । कार्यक्रममा स्थानीय बाल सञ्जालको समन्वयमा १५ पालिकाका प्रत्येक पालिकाबाट प्रतिनिधिमूलक ३० जना बालबालिका र कनकाई नगरबाट गरी ६ सय बालबालिकाको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

कार्यक्रम कनकाई उद्योग बाणिज्य संघको कार्यालयमा भवनमा जेड ८ गते बिहान १०ः ३० बजेबाट शुरु हुने बताइएको छ । कनकाईसहित झापाका १५ वटै स्थानीय तहसँग कार्यक्रमका लागि आर्थिक सहयोग माग गरिएको अध्यक्ष मिश्रले बताए । कार्यक्रमका लागि अनुमानित ५ लाख ३७ हजार रुपैयाँ खर्च हुने बताइएको छ । जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लल समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कनकाई नगर अस्पतालका अध्यक्ष तथा उक्त कार्यक्रम ब्यवस्थापन समितिका सदस्य रबिन्द्र मिश्र, बालकल्याण अधिकारी उमानाथ ढकाललगायतले कार्यक्रम बारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक तथा सञ्चारकर्मी तीर्थराज खरेलले गरेको उक्त कार्यक्रमका सदस्य तथा कनकाई नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।