सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–६ इचौलबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीवार साँझ लागूऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी–६ स्थितमा शंकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका–५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र इटहरी उप–महानगरपालिका–५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरेपछि प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाइते भएको थिए ।
सोही क्रममा संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।