झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माई खोलाबाट चोरी तस्करी गरेर ल्याउँदै गएको काठ पक्राउ गरिएको छ । गएरराती २ः३० बजेको समयमा अबैध रुपमा चोरी तस्करी गरी  लैजान लागेको सखुवा जातको फेन्टा २० थान २२ क्युफिक काठ पक्राउ गरिएको हो ।

उक्त काठ अन्दाजी ६० हजार रुपैयाँ मूल्य बराबरको भएको जनाइएको छ । इलामबाट काठ चोरी तस्करी गरी ल्याई गरेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन बन कार्यालय इलाम र माई सुखानी सब डिभिजन बन कार्यालय इलामबाट खटिएको बन रक्षक तथा गैंडे सामुदायिक बन उपभोक्ता समिति माइधारको संयुक्त टोलीले उक्त काठ नियन्त्रण गरेको हो । 

उक्त काठ नियन्त्रणमा लिएर गैंडे सामुदायिक बन माइधारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।