बिराटनगर।

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागू औषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । 

ट्रकबाट गाँजा बरामद भएसँगै चालक भिमफेदी नगरपालिका–१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका–६ मोरङका बलबहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका–४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ रोडमा काँचो केरा बोकेको प्रदेश १–०२–०२ च.६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त  पिकप भेनबाट २५० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाँउपालिका–३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

संकेत तस्वीर