बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र) बिर्तामोडले सहमति, सहकार्य, कानुनी व्यवस्था र जनभावना विपरित सामाजिक सद्भाव खल्बल्याउने कुनैपनि गलत कार्य गरे कडा प्रतिकार गर्ने भएको छ । गलत हर्कतहरु नसच्याए पार्टीले कडा प्रतिकार गर्ने जनाएको छ ।
बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वन स्थित पर्यटकीय स्थल तथा सहिद नेत्रपार्क पश्चिम देउनिया खोला काठेपुल उत्तर सुकुम्बासी बस्ती छेउमा दाहसंस्कार स्थल बनाउने बिषयमा सहमति नजुटेपछि पार्टीका बिर्तामोड नगर कमिटीका पदाधिकारी तथा सदस्यमाथि जनप्रतिनिधिहरुले दुरब्यहार गरेकोप्रति पार्टी कडा प्रतिकार उत्रने जनाइएको छ । सामुदायिक वनको जग्गामा दाहसंस्कार स्थल बनाउने बिषयमा बर्षैदेखि सहमति नजुटेको र स्थानियवासीको समस्या बुझ्न गएका माओवादीका बिर्तामोड नगर सचिव गणेश कालिकोटे (सौगात), स्थानीय होम आचार्य, नन्दु उप्रेती, नरनाथ अधिकारीलगायत माथि धाकधम्की दिई अभद्र व्यवहार गरेको घटनाप्रति नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्ती जारी गर्दै जनाइएको छ ।
‘सो स्थानमा राज्यको समेत लगानीमा सुकुम्बासीहरुलाई घर बनाएको र बस्तीमा बसोबास बढ्दै गएको अवस्थामा सो स्थलमा घाट निर्माण गर्दा स्थानीयबासीलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।’ पार्टीका नगर अध्यक्ष मोहन सुब्बाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘स्थानीयहरुको दाहसंस्कारका निमित्त सोहि स्थलबाट १ किलोमिटरको दुरीमा करोडौंको लगानीमा दाहसंस्कार स्थल निर्माण भइसकेको अवस्थामा अनावश्यक राजनीतिक प्रतिशोधको भावनाले बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र वडाध्यक्ष कृष्णप्रसाद खरेलको नेतृत्वमा गत वैशाख २७ गते करिब दुई सय जनाको संख्यामा आएको अराजक भिडले स्थानिय बासिन्दा तथा सुकुम्बासीहरुसँग सहमति, सहकार्य नगरी उनीहरूको भावना विपरित शक्तिप्रदर्शन गर्दै अन्धाधुन्ध शक्तिको आडमा डोजर चलाई आतंक मच्चाइएको थियो ।’
स्थानियवासीको समस्या बुझ्न गएका र्पाीका नेता तथा कार्यकर्तामाथि उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सुकुम्बासी महिलाहरुमाथि हातपात गरेको, कपोकल्पित भ्रामक प्रचारबाजी गरेको र पार्टीका नेता कार्यकर्तालाई दुःख दिने गरी गरेको गलत हर्कतप्रति नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा छ ।
गत डिभिजन वन कार्यालय झापाको च.न. ५०७७ को पत्रअनुसार वनको जग्गामा कुनै भौतिक संरचना बनाउन नपाउने कानुनी व्यवस्था भएकोले वनले संरचना बनाउन रोक्का पत्रसमेत पठाइसकेको अवस्थामा नेपालको कानुन तथा वन ऐन उल्लंघन गर्दै निकट रहेको सुकुम्बासी बस्तीलाई तहसनहस पार्ने, विस्थापित गराउने, केही व्यक्तिको निहित स्वार्थको निमित्त राजनीतिक प्रतिशोध साधेको पार्कीको बुझाई छ । ‘भीडले संवादका लागि गएका पार्टीका नगर सचिव र स्थानीय बासिन्दाहरु माथि गरिएको दुर्व्यवहार, अराजनीतिक गैर जिम्मेवार गतिविधि, गलत हर्कत, कपोकल्पीत भ्रामक समाचारको खण्डन गर्दै घोर निन्दा र भत्र्सना गर्दछौं ।’ बिज्ञप्तीमा भनिएको छ ।