बिर्तामोड । 

युवा नागरिक समाज बिर्तामोड नगर कार्य समितिको नेतृत्व चयन भएको छ । शुभद्रा ढकालको अध्यक्षतामा २३ सदस्यीय बिर्तामोड नगर नयाँ कार्य समिति भएको हो । ‘युवाहरूको चाहना, शुसासन युक्त नगरको परिकल्पना’ भन्ने मुल नाराका साथ बिर्तामोडमा शनिवार युवाहरुको भेलालले नगर समिति चयन गरेको समाजका अर्जुनधारा नगर अध्यक्ष सुजन शिवाकोटीले जानकारी दिए । 

भ्रस्टाचार  र ढिलासुस्तीलगायत विभिन्न बिकृति विरुद्ध आवाज बुलन्द गर्दै शसक्त शुभद्रा ढकालको नेतृत्व २३ सदस्यीय नयाँ कार्य समिति निर्माण गरिएको बताइएको छ । 

गठित समितिको बरिष्ठ उपाध्यक्षमा मित्र अधिकारी, उपाध्यक्षमा कमल भट्टराई, सचिवमा लक्ष्मी चौधरी, सह–सचिवमा बिष्णुप्रसाद गुरागाई, कोषाध्यक्षमा संगीता रिजाल, सह–कोषाध्यक्षमा शान्ता उप्रेती सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै सदस्यमा राम घिमिरे, जीवन श्रेष्ठ, केशव उप्रेती, डिल्लीराम संग्रौला, सुनिल शिवाकोटी, मिलन उप्रेती, एलिशा शिवाकोटी, माधव ओली, अमृत लिम्बु, महेश्वर चुडाल, दिनेश गुरुङ, सन्तोष पुरी, लक्ष्मीप्रसाद चुडाल, पहलमा लोहार, मुना चौहान चौधरी, प्रितम घिमिरे चयन भएका छन् । 

समाजका केन्द्रिय अध्यक्ष केशव भण्डारीको अध्यक्ष्ँतामा भएको भेलाले नगर समिति निर्माण गरिएको हो । कार्यक्रममा युवा नागरिक समाजको केन्द्रिय सदस्य सुरज शर्मा, अभियान्ता गोबिन्द मोक्तान, जीवन सुवेदीलगायतको आतिथ्य रहेको थियो ।