झापा ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ स्थित आपगाछीबाट भन्सार छलेर ल्याइदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा सार्वजनिक यात्रु बाहक बसमा लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याइदै गरेको समान शुक्रवार नियन्त्रण गरेको हो ।
अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १६ पिस साडी, ८४ पिस सेन्डो र गम्छा ३८ पिस अन्दाजी जम्मा ७८ हजार ८०० रुपैयाँ मूल्य बराबरको सामान फेला पारी नियन्त्रणमा प्रहरीले नियन्त्रण लिएको हो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।