• रन्जित परियार 

बुट्टाबारी । 

महेश्वरी महिला मञ्च मेचीले अक्षयतृतीयको दिन बिद्यालय एवम् विद्यार्थीहरुलाई विभिन्न सामग्री बितरण गरेको छ । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् मनमाया आमा बालगृह झापा अर्जुनधारा ११ का एक सय विद्यार्थीहरुलाई पानी बोक्ने बोतल, फलफूल र बिद्यालयलाई पाँच थान पानी फिल्टर एक थान सिलिङ्ग फेन, दुई थान डस्बिन प्रदान गरेको प्रधानाध्यापक रन्जित परियारले बताए । 

अक्षयतृतीयका दिन अन्नपूर्ण माताको शुभ जन्म भएको र आजको दिन कुनैपनि असल काम थाले निश्चित रुममा सफलता मिल्ने भन्दै कुनैपनि दिन दुःखीलाई सहयोग गरे आज मात्र पुन्य पाउने नभइ अर्को जन्ममा पनि पुन्य हुने र क्षय भएर नजाने मञ्की सचिव सुधा तोसनिवालले बताइन् । 

मञ्चका सम्पूर्ण सदस्यहरुले आ–आफ्नो परिस्थिति अनुसार आर्थिक सकलन गरि उक्त कार्यक्रमको आयोजना गरेका हुन् । सहभागी सदस्य र बिद्यालय परिवारलाई मञ्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् सस्थापक सुधा देबि गटानिले धन्यवाद व्यक्त गरेका थिए ।  साथै बिद्यालयको तर्फबाट नानीहरु तथा बिद्यालयलाई अति आवश्यक सामग्री प्रदान गरेकोमा शिक्षक अनुजा क्षेत्री, गिता उप्रेती, सुरेखा योङ्गयाङ्ग लगायतले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण सचिव सुधा तोसनिवालले गरेकी थिइन् ।