झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासेका अन्दाजी ५४ बर्षिय  मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको छ । 

मंगलबार (आज) अन्दाजी ४ः५० बजेको समयमा घर नजिकै मकै बारीमा मकैमा मल लगाउदै गरेको अवस्थामा अचानक गड्याङगुडुङसँगै परको चट्याङले लागेर घाइते भएका उनको उपचारका क्रममा ६ः२० बजेको समयमा मृत्यु भएको हो । 

चट्याङ लागेर दुलालको छाती तथा पेटको भागमा पिल्सिएको घाइते अवस्थामा आफन्तले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएका थिए ।  तत्काल अवस्था गम्भिर रहेका उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।